(१) यस ऐनको उद्देश्य पूर्ति गर्नको निमित्त नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नियमहरु बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतामा कुनै प्रतिकूल प्रभाव नपारी खास गरेर ती नियमहरुमा देहायका कुराहरु समेतको व्यवस्था हुन सक्छ ।
(क)………………………
(ख) यो ऐन लागू नहुने व्यक्ति वा संस्थाहरु,
(ग) लाइसेन्स दिने, रिन्यू गर्ने, स्थगित गर्ने र रद्दी गर्ने कार्यविधि र शर्त लाइसेन्सको ढाँचा र लाइसेन्स दिंदा र रिन्यू गर्दा लाग्ने गर्दा दस्तुर,
(घ) रेडियो यन्त्रका व्यापारीहरुले प्राप्त गरेका, र बिक्री वितरण गरेका, आफूसाथ राखेका रेडियो यन्त्रहरुको लगत राख्ने,
(ङ) रेडियो यन्त्र बनाउने वा त्यसका व्यापारीहरुले रेडियो यन्त्र बनाउँदा वा विक्री वितरण गर्दा पालन गर्नुपर्ने शर्तहरु, र
(च) यो ऐन बमोजिम तोक्नु पर्ने अरु कुराहरु ।
(३) ……………………